रामचन्द्र नेपाल
क्वालालम्पुर । सिन्कि पकाउनु पर्दैन, साली फकाउनु पर्दैन भन्ने नेपाली उखान नौलो होइन । तर फकाउनै नपर्ने सालीसँग मलेसियाबाट फोनमा माया साट्दा तीन लाख रुपैयाँ झ्वाम पारेका छन् एक नेपाली श्रमिकले । जोहोरको सिमानो सेक्युरिटि कम्पनीमा कार्यरत रोल्पा घर भएका खम्वा कामिले नेपालमा रहेकी सालीलाई फोन गर्दा पुस, माघ र फागुन महिनामा मात्रै तीन सिध्याए ।

सेक्युरिटी गार्डमा कार्यरत उनले कम्पनीको फोन प्रयोग गरेर सालीलाई फोन गर्थे । फोनको विल निकै धेरै आएपछि कम्पनीले अनुसन्धान गर्दा खम्बाको चर्तिकला खुलासा भएको हो । तीन वर्षदेखि सोही कम्पनीमा कार्यरत खम्वा घर फर्किने तयारी गर्दै थिए । तर कम्पनीले तत्काल फोनको पैसा कम्पनीलाई नवुझाउँदासम्म घर जान नदिने बतायो । जोसिला खम्वा पनि के कम थिए र ? उनले पनि घरवाट पैसा मगाएर कम्पनीलाई खनखनी नगद गनिदिए र एक साताअघि मात्र नेपाल फर्किए ।
खम्बाको चर्तिकला अहिले कम्पनीमा जोकको बिषय वन्ने गरेको छ । सयौं नेपाली मजदुर कार्यरत कम्पनीमा अहिले कसैले कसैलाई फोन गर्यो भने ‘खम्बाको चाल होला है’ भनेर ठट्टा गर्न थालेका छन् ।
Online khabar bata savar gariyeko.......मलेसियाबाट सालीलाई फोन गर्दा तीन लाख झ्वाम...purai khabar herna mathi ko link ma click garnu hola